लगानीको अर्को अवसर: ४ करोड ५६ लाख कित्ता आईपीओ पाईपलाईनमा

काठमाडौं, फागुन २६ । नेपालमा १३ कम्पनीले धितोपत्रको प्राथमिक सेयर (आइपीओ)निष्कासनका लागि धितोपत्र बोर्डको अनुमति पर्खेर बसेका छन् ।

फागुन २५ गतेसम्म धितोपत्रमा बोर्डमा दिएको निवेदन अनुसार ति कम्पनीले चार करोड ५६ लाख ३६ हजार ७४५ कित्ता बराबरको आईपीओ निष्काशनका लागि पाइपलाइनमा बसेका हुन् ।

बोर्डका अनुसार आईपीओ निष्काशन गर्न फागुनमा मात्रै मनकामना स्मार्ट लघुवित्त, जीवन विकास लघुवित्त र सयपत्री हाइड्रोपावर गरी तीन कम्पनीले निवेदन दिएका छन्।

मनकामनाले तीन लाख ८९ हजार कित्ता, जीवन विकासले १९ लाख ७७ हजार ३०० कित्ता र सयपत्री हाइड्रोपावरले नौ लाख कित्ता आइपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएका हुन्।

यो सँगै धितोपत्र बोर्डमा आइपीओ निष्कासनका लागि १३ कम्पनीको संख्या १३ छ । यी मध्ये मैलुङ खोला जलविद्युत कम्पनीको सात लाख ३६ हजार कित्ता, मध्य९भोटेकोशीको एक करोड ५० लाख कित्ता, न्यादी हाइड्रोपावरको ४० लाख ५० हजार कित्ता, सिइडीबी हाइड्रोपावरको २५ लाख १८ हजार कित्ता र बिन्ध्यावासिनी हाइड्रोपावरको २५ लाख कित्ता आइपीओ निष्कासनको अन्तिम चरणमा छ।

साहस ऊर्जाको एक करोड पाँच लाख कित्ता, सामिङ पावरको १२ लाख ३० हजार कित्ता र बुद्धभूमि हाइड्रोको १२ लाख कित्ता सेयर पनि पाइपलाइनमा छ।

प्रतिक्रिया दिनुहोस्