ज्योति लाईफको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ? भोली अन्तिम दिन
काठमाडौं , फागुन २५ । फागुन २१ गते शुक्रबारदेखि विक्री खुला भएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा मंगलबारसम्म ३ अर्ब ३४ करोड ६७ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार मंगलबार साँझ ४ः४७ बजेसम्ममा १५ लाख ७० हजार ४१४ जनाले ३ करोड ३४ लाख ६७ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् ।
यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ५९ लाख ४० हजार कित्तालाई आधार मान्दा ५।६३ गुणा बढी आवेदन हो । मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि फागुन २६ गतेभित्रै बन्द हुनेछ ।
ज्योतिले फागुन २१ गतेबाट आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो आइपीओमा बुधबार (फागुन २६ गते) सम्म आवेदन दिन सकिन्छ ।
ज्योतिको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ ।
आइपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । पछिल्लो समय दिनानुदिन डिम्याट खाता खोल्नेको संख्या पनि बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्