कोरोना संक्रमणबाट विदेशमा थप २ जना नेपालीको मृत्यु

काठमाडौं , फागुन २३ । कोरोना संक्रमणाट विदेशमा थप २ जनाको मृत्यु भएको छ । पछिल्लो साता बेलायतमा बस्दै आएका २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म २१ देशमा रहेका ३४१ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपाली सङ्क्रमित भएका छन् ।

संघका अनुसार कोरोनाका कारण हालसम्म सबैभन्दा बढी साउदी अरबमा ८८, बेलायतमा ८६ र युएईमा ५० जना नेपालीको मृत्यु भएको ‘कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

अहिलेसम्मको जानकारी अनुसार विभिन्न मुलुकका ६२ हजार ९८१ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार ६२८ जना निको भएका छन् ।

पछिल्लो साता स्वीडेन, मलेसिया, युएई र पोर्चुगलमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्