नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई, ओली-प्रचण्डको नेकपा खारेज

काठमाडौं , फागुन २३ । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

योसँगैै सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएको छ । यसपछि ओली प्रचण्डको नेकपा खारेज हुन पुगेको हो ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता कट्टेललाई दिएको हो ।

यसअघि कट्टेल नेकपा आफ्नो भएको भन्दै सर्वोच्च अदालतमा पुगेका थिए ।

ओली–दाहालबीच एकता हुँदा जबर्जस्ती आफ्नो पार्टीको नाम लिएको भन्दै उनी अदालत पुगेका थिए । अदालतले केहीबेरअघि फैसला सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस्