एमाले अध्यक्ष के पी ओली प्रधानमन्त्रीपदमा नियुक्त

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ४१ औँ प्रधानमन्त्री पदमा नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए ।
निर्वाचन आयोग नेपालले हिजो बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो ।
नवनियुक्त प्रधानमन्त्रीको सफत ग्रहण समारोह शीतल निवासमा दिउँसो ४ बजे हुनेछ । प्रधानमन्त्रीले एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने हुन्छ । जसमा २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका १२१ र माओवादीका ५३ गरी १६४ सासद छन्, बहुमतका लागि भने १३८ सांसद आवश्यक हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्