सेयरमा सूचीकृत भयो प्रभु बैंकको १० प्रतिशत बोनस
काठमाडौं , फागुन १९ । प्रभु बैंकको १० प्रतिशच बोनस सेयर सूचीकरण भएको छ । नेप्सेमा बैंकको १ करोड ३ लाख १५ हजार ५०६।६४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १०५ बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो ।हाल प्रभु बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड ७० लाख रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यसले १ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७७ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपेयाँ २९ पैसा छ ।
प्रतिक्रिया दिनुहोस्