३९ अंकले घट्यो नेप्से, छ अर्ब २५ करोडको कारोबार
काठमाडौँ , फागुन १९ । आज बुधबार पनि नेप्से लगभग रातै देखिएको छ ।अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बुधबार पुन ३९ दसमलव २३ अंकले घटेर २४ सय १६ बिन्दुमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव १२ अंकले घटेर चार सय ३६ दसमलव ८० बिन्दुमा झरेको छ ।
नेप्सेमा आज दुई सय १२ वटा कम्पनीहरुको ६३ हजार छ सय ७४ वटा कारोवारमा एक करोड १३ लाख ९२ हजार एक सय ३५ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम छ अर्ब २५ करोड ४८ लाख नौ हजार चार सय ४२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा ट्रेडिङ र होटल तथा पर्यटन समुहको सुचक बढेपनि बाँकी समुहरुको सुचक भने उच्च अंकले घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दसमलव तीन अंकले घटेर १७ सय ५६ दसमलव नौ बिन्दुमा झर्दा जलबिद्युत समुहको सुचक पनि २० दसमलव ३२ अंकले घटेर १९ सय नौ दसमलव ३६ बिन्दुमा झरेको छ ।
यि बाहेक बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर पाँच सय ५० रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको एशियन लाईफ इन्स्योरन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने छ दसमलव ३६ प्रतिसतले घटेर ११ सय ९३ रुपैयाँमा कारोवार भएको छ ।
यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल टेलिकमको प्रतिकित्ता ११ सय ९९ रुपैयाँ अन्तिम मुल्यमा २९ करोड ९७ लाख छ हजार एक सय ४० रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया दिनुहोस्