शान्तिप्रियको गीतमा गणेशले ‘माया लाउने यही ज्यान हो भनेपछि (भिडियोसहित)

काठमाडौं ।  गीतकार एवम् पत्रकार शान्तिप्रियको गीतमा ‘माया लाउने यही ज्यान हो…’ माया लाउने यही ज्यान हो भन्दै छन् गणेश श्रेष्ठ । प्रणय दिवश अर्थात भ्यालेन्टाइन्स डे को अवसर पारेर सार्वजनिक गीतको म्युजीक भिडियो उनले यस्तो भनेका हुन् ।

गीतलाई गायक श्रेष्ठको जन्मदीन समेत परेकोले प्रणयदिवस कै दिन सार्बजनिक गरिएको हो । गायक गणश श्रेष्ठ नव गायक हुन् । यस अधि उनले केहि कभर सङ्ग गाएपनि गायनका हिसावमा उनको पहिलो गीत माया लाउने नै भएको छ । गीतमा दीपक शर्माको सङ्गीत छ भने नरेन्द्र योगीको एरेञ्ज रहेको छ ।

शान्तिप्रिय आफैँले निर्देशन गरेको गीतको भिडियोमा गजित विष्ट र अनामीका चौलागाई फिचरीङ गरिएको छ । कोरीयोग्राफी समेत गजित विष्टले गरेका छन् । गीतको छायांकार एवम् सम्पादक विरेन्द्र भाट ‘विपिन रेहका छन् । गीतलाई छायांछवि क्रियशनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्