सोमबार शेयर बजार पुरै हरियाली , निफ्राको सबैभन्दा बढी कारोबार
काठमाडौं , फागुन १७ । लगतार घटिररहेको सेयर बजार आज भने बढेको छ । नेप्से आज ४० दसमलव ६४ अंकले बढेर २५ सय १५ दसमलव तीन बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि छ दसमलव ४७ अंकले बढेर चार सय ५३ दसमलव ७५ बिन्दुमा चढेको छ ।
आज दुई सय नौ वटा कम्पनीहरुको ७० हजार तीन सय ३९ पटकको कारोवारमा एक करोड १८ लाख ३८ हजार चार सय ८८ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम पाँच अर्ब ६९ करोड २३ लाख १६ हजार आठ सय ३१ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकाछन भने सबै सुचक बढ्दा नेप्से पुरै हरियो भएको छ । सो मध्ये आज बाँणिज्य बैंक समुहको सुचक २६ दसमलव ८२ अंकले बढेर १८ सय १९ दसमलव सात बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ३० दसमलव ७९ अंकले बढेर १९ सय ७० दसमलव ६६ बिन्दुमा चढेको छ ।
यि बाहेक बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल र पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन् ।
नेप्सेमा आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकिकत्ता सेयर मुल्य नौ दसमलव ९० प्रतिसतले बढेर चार सय ५५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सिटिजन्स म्यचुअल फण्ड २ को प्रतियुनिट सेयर मुल्य एक दसमलव ८४ प्रतिसतले घटेर १० रुपैयाँ ६५ पैसामा कारोवार भएको छ ।
यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता पाँच सय २९ रुपैयाँ अन्तिम मुल्यमा ४४ करोड ४८ लाख ५२ हजार छ सय ४७ रुपैयाँको कारोवार भएको छ ।
सोमबार नेपाल पूर्वाधार बैंक ९निफ्रा०को सेयर सबैभन्दा बढी कारोबार भएको छ । यस आधारमा रकमको आधारमा कारोबार हुनेको अग्रस्थानमा निफ्रा देखिएको छ । निफ्राको ४४ करोड ४८ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यसको सेयर मूल्य ५२९ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्