सेयर बजार राताम्मे: ७९ अंकले घट्दा आठ अर्ब ३५ करोडको कारोवार
काठमाडौं , फागुन १६ । नेप्से आज आईतबार उच्च अंकले घटेको छ । नेप्से आज ७९ दसमलव ७४ अंकले घटेर २४ सय ७४ दसमलव ३९ बिन्दुमा झर्दा सेन्सिटिभ पनि १४ दसमलव ५३ अंकले घटेर चार सय ४७ दसमलव २९ बिन्दुुमा झरेको छ ।
दुई सात सात वटा कम्पनीहरुको ९६ हजार छ सय ५१ पटकको कारोवारमा एक करोड ६० लाख १७ हजार तीन सय २२ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम आठ अर्ब ३५ करोड ५२ लाख ८९ हजार आठ सय १४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये होटल र पयर्टन समुहको सुचक सामान्य अंकले बढेपनि बाँकी समुहको सुचक भने उच्च अंकले घटेकाछन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ५४ दसमलव ५७ अंकले घटेर १७ सय ९२ दसमलव २५ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ७८ दसमलव एक अंकले घटेर १२ हजार सात सय ७४ दसमलव १८ बिन्दुमा झरेको छ ।
यसैगरी बिकास बैंक, जलबिद्युत, लघुबित्त, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि उच्च बिन्दुले घटेकाछन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ८१ प्रतिसतले बढेर चार सय १४ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको गुह्वेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य पनि सात प्रतिसतले घटेर १४ सय ३४ रुपैयाँमा कारोवार भएको छ ।
यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको शिखर इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २८ सय २४ रुपैयाँ अन्तिम मुल्यमा एक अर्ब दुई करोड १६ लाख ३२ हजार आठ सय २४ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया दिनुहोस्