प्युठान एक सुत्केरीको मृत्यु , अस्पतालको लापर्वाही,भिड जम्मा हुन थालेपछि प्रहरी परिचालन गरियो

काठमाडौं, पागुन १६ । प्यूठानमा एक सुत्केरीको मृत्यु भएको छ । झिमरुक गाउँपालिका–७ तुसाराकी २४ वर्षीया अनिसा एमसीको उपचारका लागि बुटवल लैजाने क्रममा आज बिहान बाटोमै मृत्यु भएको प्यूठान अस्पतालका निमित्त प्रमुख खिम पार्धेले जानकारी दिए ।

ती महिलाको गत बिहीबार शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि शनिबार साँझ पुनःशल्यक्रिया गरिएको थियो । उनीको शल्यक्रियापछि पनि समस्या बढ्दै गएपछि बिहान २ बजे बुटवल पठाइए पनि भालुवाङ पुग्दा मृत्यु भएको प्रमुख पार्धेले बताए ।

नवजात शिशु सकुशल रहेको र आफन्तको जिम्मा लगाइएको छ । अस्पतालमा आफन्तहरुको भिड जम्मा हुन थालेपछि प्रहरी परिचालन समेत गरिएको छ । सुत्केरीको शव अहिले प्यूठान अस्पतालमा ल्याइएको छ । यसरी अस्पतालको लापर्वाहीले गर्दा धेरै सुत्केरीको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्