सामलिङ पावर कम्पनीको आईपिओ आउँदै, स्थानियदेखी सर्बसाधारणलाई मालामाल हुने संकेत !
काठमाण्डौ , फागुन १५ । सामलिङ पावर कम्पनीको आईपिओ आउँदैछ । यसका लागि इक्रा नेपालबाट ‘एक्रा एनपी बीबी माइनस’ रेटिङ पाएको सामलिङ पावर कम्पनी लिमिटेडले आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा माघ ५ गते नै निवेदन दिइसकेको छ ।
यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दा र सर्वसाधारणका लागि १०० रुपैया अंकित दरमा ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआइ मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्ति गरेको छ ।
प्रतिक्रिया दिनुहोस्