पशुपतिनाथमा राखियो एक अर्ब आठ करोडको सुनको जलहरी
काठमाडौं , फागुन १२ । पशुपतिनाथ मन्दिरमा एक अर्ब आठ करोड रुपैयाँको सुनको जलहरी राखिएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमापूजा गरेपछि सुनको जलहरी राखिएको हो ।
पशुपतिनाथ मन्दिरको मुख्य शिवलिंगमा रहेको जलहरी जीर्णोद्धार गर्ने काम जारी रहँदा राष्ट्रपति भण्डारी क्षमापूजाका लागि पुगेकी थिइन् ।
राष्ट्रपतिले क्षमापूजा गरेपछि सुनको जलहरी राखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । जलहरी राखिएपछि कालिगड, सुरक्षाकर्मीलगायतलाई सम्मान समेत गरिएको थियो ।















प्रतिक्रिया दिनुहोस्