प्रधानमन्त्री ओलीले गरे दैजी-छेला औद्योगिक क्षेत्रको शिलान्यास

काठमाडौं, फागुन १० । प्रधानमन्त्री केपी शर्मा ओलीले दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् । २०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्रीका भएका बेला सो क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको थियो ।

त्यसयता औद्योगिक क्षेत्र निर्माणको कामले गति लिन सकेको थिएन । प्रधानमन्त्रीले शिलान्यास गरेसँगै अब औद्योगिक क्षेत्र निर्माणको कामले गति लिने भएको छ । नौ अर्ब लागतमा पाँच वर्षभित्र सो औद्योगिक क्षेत्र निर्माण हुने बताएको छ ।

यो औद्योगिक क्षेत्र का लागि बेदकोट नगरपालिकाले ९०० बिघा जग्गा उपलब्ध गराएको छ । तर हाल ४०० बिघा जग्गामा भौतिक संरचना बन्नेछ ।

औद्योगिक क्षेत्रको डिपिआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुने छन् जसबाट ३० हजार बढीले रोजगार पाउने छन्।

यस अघि नै स्थानीय जनचेतना सामुदायिक वनको २०० हेक्टर र बेदकोट सामुदायिक वनको ४५० हेक्टर जग्गााको भोगाधिकार बालाजु औद्योगिक लिमिटेडको नाममा गरिएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको उच्चस्तरीय टोलीले दुई पटक अनुगमन गरी विसं २०५२ र २०६६ सालमा बेदकोटको छेलामा औद्योगिक क्षेत्र बनाउन उपयुक्त ठहर गर्दै मन्त्रालयमा राय पेश गरेको थियो।

दुई सय ९३ बिघा जग्गामा तीन सय साना, मझौला र ठूला गरी तीन सय उद्योग सञ्चालन गर्न सकिने त्यही बेलाको प्रस्तावमा उल्लेख थियो।

त्यसपछि आव २०७१र७२ को बजेटमा सुदूरपश्चिम क्षेत्रको विकासका लागि औद्योगिक क्षेत्र स्थापनाको कार्यलाई उच्च प्राथमिकतामा राखिएपछि अध्ययनको कार्य गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्