कति छ नेपाली बजारमा आज सुनचाँदीको मुल्य ?

काठमाडौँ , फागुन १० । सोमबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ८९ हजारमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार पनि छापावाला सुन तोलाको ८९ हजामा नै कारोबार भएको थियो ।त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ५५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्