बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौँ, फागुन ९ । नेपाली बजारमा केहीदिन यता लगातार घटेको सुनको मुल्य आज भने बढेको छ । आज सुनको मुल्य प्रतितोला ८ सयले रुपैयाले बढेको हो ।

मूल्य बढेसँगै शुक्रबार ८८ हजार २ सयमा कारोबार भएको सुन आज ८९ हजारमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कायम रहेको छ। शुक्रबार चाँदी १३ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन १७ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्