आइएमई मोटर्स प्रा. लिद्धारा अशोक लेलैण्डका बसहरूको च्यासिस हस्तान्तरण
काठमाडौं , फागुन ६ । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लिद्धारा प्रवद्र्धित अशोक लेलैण्डले काठमाडौंमा एक कार्यक्रम गरी Viking 222 मोडल बसका ग्राहकहरुलार्ई च्यासिसहरु हस्तान्तरण गरेको छ । व्यावसायिक भ्रमणका लागि नेपाल आउनुभएका प्रेसिडेन्ट इन्टरनेश्नल अपरेशन संजय सारस्वतर सार्क राष्ट्रका रिजनल म्यानेजर तन्मय मित्रबाट संयूक्त रूपमा उक्त च्यासिसहरू हस्तान्तरण गरिएको हो ।
च्यासिस हस्तान्तरण कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै प्रेसिडेन्ट संजय सारस्वतले १० वटा बस एकैसाथ हस्तान्तरण गर्न पाउँदा ज्यादै खुशी लागेको बताउँदै आफ्ना ग्राहकहरु सँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाउनु कम्पनीका लागि अर्को महत्त्वपूर्ण प्रगती भएको उल्लेख गर्नु भयो।
नेपालमा VIKING 222 को बजारलाई अझै बिकास गर्दै आक्रमक बनाउन सहयोग गर्नु भएकोमा ग्राहकहरुलाई प्रेसिडेन्ट संजयले धन्यवाद दिएका छन् । साथै आगामी दिनहरुमा VIKING 222 लाई अझै बढी प्रवद्र्घन गरी सहयोग गरि दिनुहुन प्रेसिडेन्ट संजयले अनुरोध गर्नुभयो ।
VIKING 222, रुट बसमाचल्ने बस मध्ये सबैभन्दा धेरै रुचाईएको बस हो । यस माइन लाईन फ्युल पम्पहुनुका साथै एचसिरिज इन्जिन रहेको छ जस्ले गर्दा इन्धन कम खपत हुन्छ ।
साथै सबै भन्दा कम मर्मत खर्च लाग्छ । VIKING 222 माओभर ड्राईभ गियर बक्सले काम गर्ने भएको हुँुदा १८० एचपी इन्जिनको साथमा द्रुत गतिको आरामदायी यात्रा गर्न सकिन्छ । रियर एर सस्पेन्शन, डाईरेक्ट ड्राइभ एसी, इनलाईन फ्युलपम्प साथै धेरै माइलेजले गर्दा यो गाडी अरु गाडी भन्दा फरक र बिश्वासिलो रहेको छ।
नेपालमा हरेक लामो दुरी रुटमा VIKING गाडीहरु चल्दै आएका छन् । अत्याधिक माग अनुसार कम्पनीले ग्राहक वर्गहरुलाई बिशेष सर्भिस पनि दिदै आएको छ । आफ्ना १३ ओटा सर्भिस नेटवर्कबाट सर्भिस लिन सकिने हुँदा सजिलै पार्टस र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्