नेप्सेमा हरियाली : २५ अंकले बढ्दा आठ अर्ब ७६ करोडको कारोवार

काठमाडौं , फागुन ६ । साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि नेप्सेमा हरियाली छाएको छ । नेप्से आज २५ दसमलव २३ अंकले बढेर २६ सय ३६ दसमलव ६८ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि छ दसमलव ७७ अंकले बढेर चार सय ८१ दसमलव ७८ बिन्दुुमा चढेको छ ।

आज दुुई सय छ वटा कम्पनीहरुको ९० हजार दुई सय दुुई वटा कारोवारमा एक करोड ९६ लाख ४६ हजार पाँच सय ७८ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री कारोवार रकम आठ अर्ब ७६ करोड २१ लाख ४६ हजार सात सय ८५ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन । ति मध्ये तीन वटा समुहको सुचक घटेपनि बाँकी नौ वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २३ दसमलव ३७ अंकले बढेर १९ सय ३६ दसमलव ६६ बिन्दुुमा चढेकोमा बिकास बैंक, जलबिद्युुत, फाईनान्स, टे«डिङ, होटल, उत्पादनमुुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन् ।

निर्जिवन बीमा समुहको सुचक भने ५० दसमलव तीन अंकले घटेर १३ हजार एक सय ८९ दसमलव २५ अंकमा पुुग्दा जीवन बीमा र लघुुबित्त समुहको सुचक पनि घटेकाछन् ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नेपाल हाईड्रो डेभलपर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर दुुई सय ७५ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको मिर्मिरे लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य चार दसमलव ९१ प्रतिसतले घटेर १६ सय ४५ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको एनआईसी एशिया बैंकको प्रतिकित्ता नौ सय ६३ रुपैयाँ अन्तिम मुल्यमा ५६ करोड एक लाख आठ हजार तीन सय ५७ रुपैयाँको कारोवार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्