महिला लघुवित्तको आइपीओमा माग भन्दा बढी आवेदन, कतिले भरे?

काठमाडौं , फागुन ५ । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओमा १५ लाख १९ हजार १२८ जना लगानीकर्ताले आवेदन दिएका छन् ।

बुधबार साँझ ४ः४५ बजेसम्म २ करोड ३४ लाख ३३ हजार ७७० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।

कुल २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो सर्वसाधारका लागि बिक्री खुला गरिएको कुल ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ६२. ४९ गुणा बढी आवेदन हो ।

महिला लघुवित्तले आइपीओ भर्ने म्याद १ दिन थप गरी आज बुधबार (फागुन ५ गते) सम्म पुर्याएको हो । यसअघि माघ ३० गतेबाट फागुन ४ गतेसम्म म्याद तोकी कुल ४ लाख कित्ता आइपीओ बिक्री खुला भएको थियो । तर माघ ३० गते सोनाम लोसारका अवसरमा सार्वजनिक विदा परेपछि १ दिन थप गरिएको हो ।

कुल खुला गरिएको मध्ये ०.५%  (५ हजार कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५% (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।

लघुवित्तले चालू आवको दोस्रो त्रैमासमा ५ करोड ४३ लाख खुद मुनाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १५९।.४६ प्रतिशत बढी हो ।लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ५१.२३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २९४ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्