नेशनल माइक्रोफाइनान्सको साधारण सभा चैत ५ मा
काठमाडौं, ५ फागुन । धादिङ्ग बेसीको धादिङ्गमा केन्द्रीय कार्यालय रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा चैत ५ गते सोमबार हुने भएको छ । उक्त संस्थाले सभामार्फत घोषणा गरेको प्रस्ताव गरिएको २७५ सभाले पारित गर्ने छ । यो गत वर्षको प्रस्ताव गरिएको २७५ लाभांश पारित गर्नेछ । कम्पनीले अहिले कायम चुक्ता पुँजीको २१५ बोनस सेयर वितरण गर्ने प्रस्ताव लैजाँदैछ । यसैगरी, कर प्रयोजन सहित ६५ नगद लाभांश वितरण गर्ने अर्को प्रस्ताव पनि हुनेछ ।
यसर्थ, कम्पनीले ५ करोड ५४ लाख ४९ हजार ५०२ रुपैयाँ बराबरको रकम बोनस सेयर वितरणमा खर्च गर्नेछ । यस्तै, १ करोड ५८ लाख ४२ हजार ७१५ रुपैयाँ नगद प्रयोजनमा खर्च गर्नेछ । सभा र लाभांश वितरण प्रयोजनका लागि यस संस्थाले फागुन १४ गतेदेखि चैत ५ गतेसम्म बुक क्लोज गर्नेछ । फागुन १३ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले प्रस्तावित लाभांश पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्