सुनचाँदीको मुल्यमा वृद्धि, आज कति पुग्यो तोलाको ?

काठमाडौँ , फागुन ४ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा २ सयले बढेर ९० हजार ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९० हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ४ सय रहेको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला १३ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्