यसरी मनाउनुस भ्यालेइनटाइन डे

काठमाडौं । प्रेम दिवस १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले युवा युवायुवतिहरु प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मिवरुद्व भन्थे । त्यसैले उनले राजाको आज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा भ्यालेन्टाइन लाई ई. पू. २७० को फेब«ूअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण त्याग गर्ने उनै पादरी भ्यालेन्टाइन को सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।


भनाइ छ प्रेमको कुनै टुङ्गो हुँदैन , जतिबेला जुनसुकै अवस्थामा जो सुकै सँग पनि प्रेम हुन सक्छ । यसको कुनै बार, तिथी अवसर हुँदैन । त्यसैले भन्ने गरिन्छ प्रेम अन्धो हुन्छ । तथापी आफ्नो प्रियतमहरु बिचको मायाँमा खुराक थप्ने अथवा त्यसलाई मलजल गर्ने खास अवसर हो आजको भ्यालाइनटाइन डे । आजको दिनमा युवायुवतीहरु मात्र नभइ विवाहित दम्पतिहरु पनि यो खास अवसर पारेर आफ्नो माया प्रेमलाई बिशेष रुपमा ब्यक्त गरिन्छ । भ्यालाइन्टाइन डे मायाँ प्रेम ब्यक्त गर्ने अवसर मात्र नभएर प्रेमको महत्व बुझ्ने बुझाउने दिन पनि हो आजको दिन ।
कहिलेकाही प्रेमको महत्व पारीभाषा नै नबुझी केवल जवानी बिसाउन प्रेममा हाम फाल्दा मनमुटाव हुन पुग्छ ।

घरमा पनि मनाउन सकिन्छ भ्यालेन्टाइन डे
अहिले प्राय सबैलाई प्रणय दिवसले छोएको छ । पछिल्लो समय प्रणय दिवसलाई सेलिब्रेसनका साथ मनाउने प्रचलन बढ्दै गएको छ ।


१ यस दिनमा घरमै रोमान्टिक चलचित्र हेरेर पनि मनाउन सकिन्छ ।
२ बेडरुमलाई आकार्षक ढंगले सजाउन सकिन्छ ।
३ आकर्षक बेडकभर, बेडको साइडमा लाइट, सफ्ट ड्रिंक तथा क्यान्डल लाइटमा पनि मायाँ साटासाट गर्न सकिन्छ ।
४ पुराना एल्बम तथा भिडियो हेरेर पनि रोमान्चक क्षण स्मरण गर्न सकिन्छ ।
५ नौलो तथा स्वादिलो पारीकार बनाएर एकसाथ खान सकिन्छ ।
६ जोडी संग एकान्तमा गीतार बजाउँदै रमाइलो गर्न सकिन्छ ।
किसिङ स्पट
स्वप्न बगंैचा केशरमल, मन्जुश्री पार्क चोभार, बालाजु पार्क बाइसधारा, यु एन पार्क कुपण्डोल, गोदावारी पार्क गोदावारी, त्रिभुवन पार्क थानकोट, बज्रबाराही चापागाँउ लगायतका ठाउँहरुमा आफ्नो प्रेम ब्यक्त गर्न सकिन्छ रमाइलो गर्न सकिन्छ ।
उपहार के दिने ?
कार्ड
अहिले बजारमा ५०० देखी २५०० सम्मका हलमार्क, आर्ची, सिग्नेचर आदी ब्रान्डका कार्डहरु युवा तथा युवतिहरुका लागि छुट्टा छुट्टै पाइन्छन ।
डिओ र परप्mयुम
पर्प्mयुम ब्रान्डहरुमा लोकप्रिय मानिने डिओ ५०० देखी १५०० रुपैंया सम्म पाइन्छन भने परप्mयुम १,००० देखि २,००० रुपैंया सम्म पाइन्छन ।
फोटो फ्रेम
बिशेष अवसरमा खिचिएका अविस्मरणिय तस्बिर राख्नको लागि बजारमा बाँस, प्लाई सिसा तथा कागजका फोटो फ्रेमहरु बजारमा ५०० रुपैयाँ देखी २,००० सम्म पाइन्छन ।
सानो गमला
भ्यालेन्टाइन डे को उपहारको रुपमा रातो गुलाबले सजाइएका सिसा, सेरामिक तथा प्लास्टिकले बनाइएका भास तथा गमलाहरु बजारमा ५०० रुपैयाँ देखी २,०००
रुपैयाँ सम्म पाइन्छन ।
कप
पुरुषहरुलाई उपहार दिनको लागि कप पनि उपयुक्त हुन्छ । बिभिन्न किसिमका रङ तथा आकर्षक डिजाइनमा ३०० देखी २,००० सम्म बजारमा पाइन्छन ।

तस्विरः मनोज नेपाल

 

प्रतिक्रिया दिनुहोस्