एकैदिन ९२ अंकले बढ्यो शेयर बजार

काठमाडौं , फागुन ३ । नेप्से एकैदिन झण्डै एक सय अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से साताको दोस्रो कारोवार दिन आज सोमबार ९२ दसमलव ४२ अंकले बढेर २५ सय ८६ दसमलव एक बिन्दुमा पुगेको हो ।

सेन्सिटिभ इन्डेक्स पनि आज १५ दसमलव ३३ अंकले बढेर चार सय ६९ दसमलव ४४ बिन्दुमा पुगेको छ । दुई सय पाँच वटा कम्पनीहरुको ६८ हजार तीन सय १९ पटकको कारोवारमा दुई करोड २४ लाख ४७ हजार एक सय ५७ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री आज कुल कारोवार रकम १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार छ सय ६९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ५७ दसमलव ३२ अंकले बढेर १८ सय ४५ दसमलव १० बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ६४ दसमलव ४५ अंकले बढेर १९ सय ६३ दसमलव ८७ बिन्दुमा चढेको छ । यि बाहेक बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचककहरु पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको किसान लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर १६ सय ७२ रुपैयाँमा कारोवार भएको हुंदा बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको पञ्चकन्या माई हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने चार दसमलव तीन प्रतिसतले घटेर एक सय ४३ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको निर्धन उत्थान लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता १५ सय ९३ रुपैयाँ अन्तिम मुल्यमा ७० करोड ४८ लाख ४९ हजार नौ सय ४१ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्