आगामी आर्थिक वर्षमा १० प्रतिशतको आर्थिक बृद्धि : प्रधानमन्त्री ओली

काठमाडौं , फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा १० प्रतिशतको आर्थिक बृद्धि गर्ने बताएका छन् । सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय भवन पुननिर्माणपछिको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्ष आर्थिक बृद्धिदरले दोहोरो अंक छुने बताए ।

सरकार गठन भएको ३ वर्ष अवधिमा सरकारले गरेका महत्वपूर्ण कार्यक्रमको जानकारी दिदै प्रधानमन्त्री ओलीले यस्तो बताए ।आफूले सरकारको नेतृत्व लिएको बेलामा अर्थतन्त्र भद्रगोल अवस्थामा रहेपनि त्यसलाई आफूले एक वर्षभित्रै ट्याकमा ल्याएको उनको भनाइ रहेको थियो ।

सरकार गठन भएको पहिलो वर्षदेखि नै अर्थतन्त्रले सही बाटो लिन थालिसकेपनि गत वर्ष देखापरेको कोभिड महामारीले विश्व अर्थतन्त्र गम्भीर संकटमा परेको प्रधानमन्त्री ओलीले बताए ।कोभिड महामारीको कारण विश्वका कतिपय देशको आर्थिक बृद्धिदर नकारात्मक रहेपनि सरकारको सुझबुझपूर्ण कार्यका कारण नेपाली अर्थतन्त्रमा धेरै नकारात्मक असर पर्न नपाएको उनले दाबि गरे ।

अर्थतन्त्रले गति लिन थालेको, आर्थिक क्रियाकलाप बढेको जस्ता कारणले चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर साढे ५ प्रतिशतको हुने र अर्काे वर्ष १५औं योजनाले लक्ष्य लिए अनुसार १० प्रतिशतको हुने पू्रधानमन्त्री ओलीको भनाइ छ ।

नेपालमा पनि कोभिड महामारीको कारण अर्थतन्त्रमा नकारात्मक असर परेपनि चालु आर्थिक वर्षको ६ महिना वितेदेखि नै अर्थतन्त्रले लय समाउन थालेको उनको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहोस्