सिटीजन लाइफको ७५ करोडको आईपीओ आउँदै, कहिले हुँदैछ निष्काशन ?
काठमाडौं , फागुन ३ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आउने भएको छ ।
कम्पनीको आइतवार सम्पन्न तेस्रो साधारण सभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको छ । कम्पनीले ७५ लाख कित्ता आईपीओ विक्री गर्ने प्रस्ताव पारित गरेको हो ।
७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ विक्री गर्ने प्रस्ताव पारित गर्नुअघि नै रेटिङ सम्पन्न गरिसकेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७५ करोड रुपैँया रहेको छ । आईपीओ पश्चात कम्पनीको पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्