३३ अंकले घट्यो नेप्से , कारोबार रकम कति ?

 

काठमाडौं, फागुन २ । फागुन महिनाको पहिलो कारोबार सेयर बजारमा राताम्मे छाएको छ ।

म्युचुअल फण्ड बाहेकका सबै समूहहरुको सक–इन्डेक्स घटेर बजार राताम्मे देखिएको हो ।

आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३३।३३ अंकले घटेर २ हजार ४ सय ९३ दशमलव ५९ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९३१ प्रतिशतले ओरालो लागेको छ ।

केहि दिन अघि लगातार १० अर्ब नाघेको कारोबार रकम आइतबार ७ अर्ब पनि पुग्न सकेन ।

दिनभर भएका ५८ हजार ३ सय ९ कारोबारबाट २ सय २ कम्पनीका १ करोड ४८ लाख ५१ हजार ५ सय ९२ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबार रकम भने ६ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ भन्दा बढी भएको छ ।

आइतबार धेरै गुमाउनेमा लघुवित्त कम्पनीहरु छन् ।

यो समूहको सब इन्डेक् १ दशमलव ८३ अंकले ओरालो लागेको छ ।

धेरै कमाउनेहरुमा भने आजबाट कारोबार शुरु भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक देखिएको छ ।

कारोबार शुरु भएकै दिन निफ्राको सेयर मूल्य १० प्रतिशतले बढेर ३ सय ७४ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्