थप ८१ जनामा कोरोना संक्रमण पुष्टि , ५ जनाको मृत्यु
काठमाडौं , माघ २९ । पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण पाँचजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ५२ पुगेको छ ।
विगत चौबीस घण्टामा तीन हजार ३२ जनाको पीसीआर परीक्षण गरिएकामा ८१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ४३० पुगेको छ ।
त्यस्तै चौबीस घण्टामा १११ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६८ हजार ६६० पुगेको छ । हाल क्वारेन्टिनमा ८७ जना छन् भने आइसोलेसनमा एक हजार ७१८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्