सेयर बजारमा गिरावट , ८ अर्ब ४१ करोडको सेयर किनबेच

काठमाडौं, माघ २९ । सेयर बजारमा गिरावट आएको छ। बजार परिसूचक नेप्से १६.११ र सेन्सिटिभ सूचक १.६६ अंकले घटेको हो।

आज २०६ कम्पनीको १ करोड ६० लाख कित्ता सेयर बिक्री भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार दिनभरिमा ७२ हजार ७ सय ३७ पटकको खरिदबिक्रीमा ८ अर्ब ४१ करोड १७ लाख ३२ हजार रुपैयाँको सेयर कारोबार भएको हो।

कारोबारमा सामेल १२ मध्ये तीनवटा वाणिज्य बैंक, विकास बैंक र म्युचुअल फन्डको कारोबार सूचक मात्रै हरियो छ। बाँकीको सूचक घटेको छ।

आज डिप्रोस्क लघुवित्त वित्तीय संस्थाको सर्वाधिक ५६ करोडको सेयर किनबेच भएको छ। त्यस्तै नबिल बैंकको ३८ करोडको, कुमारी बैंकको ३२ करोडको, प्रभु बैंकको ३० करोडको, ग्लोबल आईएमई बैंकको २७ करोडको सेयर कारोबार भएको छ।

आज कमाउनेले ५।०३ प्रतिशत र गुमाउनेले १० प्रतिशतसम्म गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्