प्रधानमन्त्रीको तर्फबाट बहस सकियो, अब सभामुखको तर्फबाट ३ जनाले बहस गर्ने

काठमाडौं , माघ २९ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजालासमा जारी बहसमा प्रधानमन्त्रीको तर्फबाट बहस सकिएको छ । माघ १९ गते प्रधानमन्त्रीको तर्फबाट सुरु भएको थियो । ९ दिन सम्म गरेको बहसमा ४९ जना अधिवक्ताले प्रतिनिधिसभा विघटनको पक्षमा बहस गरेका थिए ।

अब प्रधानमन्त्रीको तर्फबाट बहस सकिएसँगै बिहीबारबाटै सभामुखको तर्फबाट बहस सुरु भएको छ । सभामुखको तर्फबाट वरिष्ठ अधिवक्ता लवकुमार मैनाली, अधिवक्ताहरू श्रीकृष्ण सुवेदी र श्यामप्रसाद खरेलले बहस गर्न लाग्नुभएको सर्वोच्च अदालतले जनाएको छ ।

अधिवक्ता श्रीकृष्ण सुवेदीले सभामुखको तर्फबाट बहस सुरु गरेका छन् । प्रतिनिधिसभा विघटन विरुद्धको बहस प्रधान्यायाधीश चोलेन्द्रशमसेर जबरासहित न्यायाधीशहरू विश्म्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजालासमा चलिरहेको छ ।

साथै प्रधान्यायाधीश चोलेन्द्रशमसेर जबराले बसह छीटो सकाउन आग्रह गरेका छन् । यता मुद्दा सर्वोच्चमा छ तर बाहिर भने आन्दोलन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्