अब बिदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको पुर्व स्वीकृती लिनु नपर्ने
काठमाडौ , माघ २७ । बिदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको पुर्व स्वीकृती लिनु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिदेशी लगानी तथा बिदेशी ऋण व्यवस्थापनको लागि राष्ट्र बैंकको स्वीकृती नचाहिने गरी बिनियमावली तयार गरी आज मंगलबार उक्त बिनियमावलीको ड्राफ्ट सार्वजनिक गरेको हो ।
बिदेशी लगानी तथा बिदेशी ऋण व्यवस्थापन बिनियमावली २०७७ नाम दिएको यो बिनियमावली आवस्यक छलफल तथा परिमार्जन पश्चात कार्यान्यनमा आएको खण्डमा बिदेशी लगानी भित्र्याउन कुनै पनि कम्पनीहरुले राष्ट्र बैंकबाट पुर्व स्वीकृती लिनु पर्ने छैन ।
बिदेशी लगानी वापतको बिदेशी मुद्रा भित्र्याउने स्वीकृती तथा लेखांकन गर्ने, बिदेशी लगानी तथा सोबाट आर्जित रकम फिर्ता लैजाने, बिदेशी ऋणको स्वीकृती, बिदेशी ऋणबापत बिदेशी मुद्रा भ्यिाउने तथा सोको लेखाकंन गर्ने र बिदेशी ऋणको सावाँ तथा व्याज भुक्तानीका लागि बिदेशी मुद्राको सटही प्रदान गर्ने लगायतका बिषयहरुलाई व्यवस्थीत तथा सहजीकरण गर्न वान्छनीय भएकाले बिदेशी बिनिमय नियमित गने ऐन २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ११० को उपदफा ९२० ले दिएको अधिकार प्रयोग गरी बिनियमावली तयार गरेको राष्ट्र बैंकले जनाएको छ ।
बिनियमाली अनुसार बिदेशी लगानीकर्ताहरुले बिदेशी लगानी स्वीकृती गर्ने निकायबाट बिदेशी लगानीको स्वीकृती गरेपश्चात सो वापतको बिदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पुर्व स्वीकृती लिनुपर्ने छैन । तर बिदेशी लगानी स्वीकृती भएपश्चात बिदेशी मुद्रा भित्र्याउनु वा पठाउनु पुर्व राष्ट्र बैंकलाई लिखित जानकारी दिनुपर्ने छ ।
नियमावली अनुसार बिदेशी लगानी प्राप्त गर्ने कम्पनी तथा उद्योगहरुले रकम जम्मा गरिदिने सम्वन्धी निवेदन, सञ्चालक समितीको निर्णयको प्रतिलिपि, बिदेशी लगानी स्वीकृतीको प्रतिलिपी, कम्पनी, उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपी, व्यवसाय सञ्चालन इजाजतपत्रको प्रतिलिपी, प्रवन्धपत्र तथा नियमावलीको प्रतिलिपि आदि पेस गर्नुपर्ने छ ।















प्रतिक्रिया दिनुहोस्