साताको नेप्से : २४ सय ७५ अंकमा, ४१ अर्ब ६६ करोडको सेयर किनबेच

काठमाडौं , माघ २३ । यो साता नेप्से २४ सय ७५ दसमलव २६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५४ दसमलव दुई अंकमा पुगेको छ ।

नेप्सेमा यो साता दुई सय छ वटा कम्पनीहरुको चार लाख एक हजार तीन सय ७७ पटकको कारोवारमा आठ करोड ५६ लाख चार हजार सात सय १३ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४१ अर्ब ६८ करोड ६४ लाख तीन हजार पाँच सय ५५ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा घटी हो ।

नेप्सेमा गत साता भने दुई सय नौ वटा कम्पनीहरुको तीन लाख ५७ हजार पाँच सय ९९ पटकको कारोवारमा नौ करोड ५७ लाख १४ हजार तीन सय ३१ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४४ अर्ब ४६ करोड ३९ लाख ९१ हजार पाँच सय ९६ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोवार कक्ष पाँच दिन नै खुल्ला रहेकोमा पहिलो र चौथो दिन नेप्से घटेको थियो भने दोस्रो, तेस्रो र पाँचौं दिन भने नेप्से बढेको थियो ।

सो मध्ये पहिलो दिन नेप्से ५४ दसमलव ७५ अंकले घटेर २३ सय ७० अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स भने नौ दसमलव ७३ अंकले घटेर चार सय ३२ दसमलव ३३ अंकमा झरेको थियो । दोस्रो दिन भने नेप्से ३७ दसमलव सात अंकले बढेर दुई हजार चार सय आठ दसमलव २४ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दसमलव ९५ अंकले बढेर चार सय ३७ दसमलव २८ अंकमा पुगेको थियो ।

तेस्रो दिन पनि नेप्से ६४ दसमलव ४९ अंकले बढेर दुई हजार चार सय ७३ दसमलव ७३ अंकमा पुग्दा सेन्सिटिभ पनि १४ दसमलव एक अंकले बढेर चार सय ५१ दसमलव ३८ अंकमा पुगेको थियो । चौथो दिन भने नेप्से छ दसमलव ८१ अंकले घटेर दुई हजार चार सय ६६ दसमलव ९२ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव ९२ अंकले बढेर चार सय ५२ दसमलव २९ अंकमा पुगेको थियो ।

अन्तिम कारोवार दिन भने नेप्से आठ दसमलव ३४ अंकले बढेर २४ सय ७५ दसमलव २६ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ६८ अंकले बढेर चार सय ५४ दसमलव दुई अंकमा पुगेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल पुर्नबीमा कम्पनी, सेञ्चुरी कर्मसियल बैंक आदि परेकाछन भने सेयर कारोवार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेपाल बैंक, हिमालयन डिष्ट्रिलरी कम्पनी, प्रभु बैक आदि परेकाछन् ।

बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन् । सुचीकृत सेयरतर्फ भने यो साता सानिमा बैंक, समृद्धि फाइनान्स, नेपाल फाईनान्स र चिलिमे हाईड्रो पावर कम्पनीको बोनस तथा हकप्रद सेयर सुचीकृत भएकाछन् ।

प्रतिक्रिया दिनुहोस्