सामान्य अंकले बढ्यो नेप्से , कारोबार रकम कति ?

काठमाडौं , माघ २१ । नेप्सेमा सामान्य अंकले बढेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से आठ दसमलव ३४ अंकले बढेर २४ सय ७५ दसमलव २६ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ६८ अंकले बढेर चार सय ५४ दसमलव दुई बिन्दुमा चढेको छ ।

दुई सय एक वटा कम्पनीहरुको ७२ हजार एक सय ७० पटकको कारोवारमा एक करोड ८७ लाख १९ हजार चार सय ८९ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोवार रकम सात अर्ब ६१ करोड ५० लाख ९७ हजार चार सय नौ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा छ वटा समुहको सुचक घटेकाछन भने बाँकी समुहको सुचक बढेकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ४३ अंकले घटेर १७ सय २० दसमलव ४४ बिन्दुमा चढेको छ भने बिकास बैंक, जीवन बीमा, होटल, फाईनान्स र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् । जलबिद्युत, निर्जिवन बीमा, ट्रेडिङ, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचक भने बढेकाछन् ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको शुर्योदय लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर १९ सय २५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने तीन दसमलव ४६ प्रतिसतले घटेर आठ सय ९३ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १५ सय ९३ रुपैयाँ अन्तिम मुल्यमा २७ करोड ५३ लाख ८२ हजार छ सय ७० रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्