किन खाने लसुन ? यस्ता छन् फाइदा
काठमाडौं, माघ २१ । लसुन एक महत्वपूर्ण घरेलु औषधि हो । त्यसैले यसलाई घरायसी रुपमा प्रयोग समेत गर्ने गरिएको छ । हाम्रो दैनिकी भान्सामा लसुन हामीले प्रयोग गरिरहेका हुन्छौं ।
प्राचिन समयदेखि नै विभिन्न भोजन र तरकारीमा मसलाको रुपमा लसुनको प्रयोग भएको पाइन्छ । लसुनले शरिरभित्र पैदा हुने अनेकौं रोगहरुको नाश गर्दछ ।
लसुनले पाचन शक्तिलाई बढाउँछ । हृदय र कलेजोलाई उत्तेजक पार्न महिलाहरुको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्दछ । पिसावको समस्या, रक्तदोष, सुन्निे समस्या आदिमा पनि लसुन लाभदायक छ ।
गर्भावस्थामा भने यसको प्रयोग गर्नु राम्रो हुदैन ।लसुनको पात, गाँठो केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ । लसुनका विभिन्न भागलाई नियमित रुपमा काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका विभिन्न रोग लाग्ने संभावना न्युन हुन्छ । क्यान्सरको समस्यामा पनि लसुन लाभदायक देखिएको चिकित्सकहरुका अनुसन्धानले पुष्टि गरेको छ । आज हामीले लसुन खानुका केहि फाइदा यहाँ पस्केछौं ।
यस्ता छन् लसुन खानुका फाइदा :
-लसुनमा एलिचिन नामक तत्व पाइन्छ, जुन औषधीको रुपमा प्रयोग गरिन्छ ।
-लसुनमा जति धेरै पोषणतत्व छ, त्यति नै क्यालोरीको मात्रा कम हुन्छ ।
-लसुनको सेवनले रुघाखोकी लगायतका विमारी हटाउन मद्दत गर्छ ।
– ग्याष्टिक, विहान उठ्ने वित्तिकै नियमित एक केस्रा लसुनलाई मनतातो पानीसँग खाने गर्नले ग्याष्टिकको समस्या कम हुँदै जान्छ ।
त्यसैगरी भोग जगाउनुका साथै पाचन प्रणालीमा पनि सुधार ल्याउँछ । पेट फुल्ने, अमिलो पानी आइरहने र पेट दुख्ने भएमा विहान उठेर २ गिलास पानी पिउने र त्यसपछि २र३ केस्रा लसुन दूधसँग खाएमा फाइदा हुन्छ ।
–लसुनमा एन्टीअक्सिडेन्ट तत्व हुन्छ, जसले अल्जाइमर, डिमेन्सियाजस्तो रोग लाग्नबाट बचाउँछ ।
-आयु लम्ब्याउँछ ।
-शरीरमा रहेको मेटलयुक्त विषाक्त हटाउन मद्दत गर्छ ।
-हड्डीको विकासमा सहयोग पुर्याउँछ ।
-खानामा सजिलै समावेश गर्न सकिने लसुनको प्रयोगले खाना स्वादिष्ट बन्छ ।
-उच्च रक्तचाप कम गर्छ ।
-कोलेस्ट्रोल नियन्त्रण गर्छ, जसका कारण मुटु रोग लाग्ने सम्भावना कम हुने गर्छ ।
प्रतिक्रिया दिनुहोस्