नेप्सेमा झिनो अंकको गिरावट, साढे ९ अर्बको शेयर किनबेच

काठमाडौं , माघ २१ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्सेमा आज बुधबार भने झिनो अंकले गिरावट आएको छ । नेप्से आज छ दसमलव ८१ अंकले घटेर २४ सय ६६ दसमलव ९२ बिन्दुमा झरेपनि सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव ९२ अंकले बढेर चार सय ५२ दसमलव २९ बिन्दुमा चढेको छ ।

आज नेप्सेमा दुई सय दुई वटा कम्पनीहरुको ९१ हजार पाँच सय ५९ पटकको कारोवारमा दुई करोड २० लाख ४० हजार पाँच सय १६ कित्ता सेयर किनबेच भएकाछन् । उक्त परिमाणमा सेयर किनबेच हुंदा कारोवार रकम नौ अर्ब ५३ करोड १७ लाख १६ हजार चार सय ९६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएपनि चार वटा समुहको सुचक बढेर हरियो भएकाछन भने आठ वटा समुहको सुचक घटेर रातो भएको छ । ति मध्ये आज बाँणिज्य बैंक समुहको सुचक चार दसमलव सात अंकले बढेर १७ सय २७ दसमलव ४४ बिन्दुमा चढेकोमा जलबिद्युत, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।

निर्जिवन बीमा समुहको सुचक भने एक सय तीन दसमलव १७ अंकले घटेर १२ हजार नौ सय ४५ दसमलव ८१ बिन्दुमा झरेकोमा बिकास बैंक, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचकहरु पनि घटेकाछन् ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको स्वाभिमान लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर २५ सय ५२ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको पोखरा फाईनान्सको प्रतिकित्ता सेयर मुल्य सात दसमलव ८८ प्रतिसतले घटेर दुई सय ७९ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको ग्लोवल आईएमई बैंकको प्रतिकित्ता चार सय रुपैयाँ अन्तिम मुल्यमा ५६ करोड १९ लाख २४ हजार दुई सय १२ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्