सोमबार शेयर मार्केटमा उछाल, सूचक पनि सकारात्मक

काठमाडौं, १९ माघ । शेयर मार्केटले फेरी लय लिएको छ । आइतबार एकाएक घटेको बजार सोमबार पुनः लयमा उकालो लागेको छ ।
सोमबारको वृद्धिसँगै नेप्से सूचक फेरि २४ सय विन्दुमाथि पुगेको छ । लगानीकर्ताका लागि मनोवैज्ञानिक हिसाबले महत्वपूर्ण हुने रेखामाथि नै बजार टिकेको हो । यसबाट बजार थप माथि जाने संकेतहरु देखिएको छ । पछिल्ला दिनहरुमा आम लगानीकर्ताका लागि मनोवैज्ञिानिक हिसाबले महत्वपूर्ण सूचकहरु नेप्सेले क्रमशः पार गर्दैअघि अधिकांश सूचकहरु बढिरहेको माथि उक्लेको छ ।
कम्पनीहरुको मूल्य आम्दानी अनुपात लगायतलाई पनि ख्याल गर्नुपर्छ । नेप्से सूचक ३७।७० अंकले बढेर २४०८।२४ विन्दुमा आइपुगेको छ । ६ अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २०३ कम्पनीको १ करोड ३३ लाख ११ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । माइक्रोफाइनान्स र म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक वृद्धि भएका छन् ।
नेप्से सूचक ३७।७० अंकले बढेर २४०८।२४ विन्दुमा आइपुगेको छ । ६ अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २०३ कम्पनीको १ करोड ३३ लाख ११ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । माइक्रोफाइनान्स र म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक वृद्धि भएका छन् ।

१० कम्पनीको भाउ ९५ भन्दा बढीले वृद्धि भएको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा आइपुगेको छ । यसको ५८ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नेसनल लाइफ इन्सुरेन्स र तेस्रोमा नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्