उच्च अंकले घट्यो नेप्से , झण्डै ९ अर्बको सेयर किनबेच

काठमाडौ , माघ १८ । साताको पहिलो कारोवार दिन आईतबार नै नेप्से उच्च अंकले घटेको छ । नेप्से आज ५४ दसमलव ७५ अंकले घटेर २३ सय ७० दसमलव ५४ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि नौ दसमलव ७३ अंकले घटेर चार सय ३२ दसमलव ३३ बिन्दुमा झरेको छ ।

दुई सय छ वटा कम्पनीहरुको ९६ हजार एक सय ५६ पटकको कारोवारमा एक करोड ६२ लाख ७७ हजार दुई सय ४५ कित्ता सेयर खरिद बिक्री भएकाछन भने भने कारोवार रकम आठ अर्ब ९७ करोड ३२ लाख छ हजार चार सय ५० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा सबै समुहको सुचक घटेर पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४१ दसमलव एक अंकले घटेर १६ सय ६९ दसमलव ९२ बिन्दुुमा झर्दा जलबिद्युुत समुहको सुचक पनि ३७ दसमलव १२ अंकले घटेर १८ सय ३४ दसमलव ३२ बिन्दुमा झरेको छ । यसैगरी बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९३ प्रतिसतले बढेर सात सय ६४ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको रिलायन्स फाईनान्सको प्रतिकित्ता सेयर मुल्य आठ दसमलव ३० प्रतिसतले घटेर दुई सय ३२ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २२ सय ७३ रुपैयाँ अन्तिम मुल्यमा ३९ करोड ८९ लाख ५९ हजार दुई सय ७३ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्