पर्यटन क्षेत्रमा प्रचुर सम्भावनाहरु छन्, जरुरत छ, पूर्वाधारको: अध्यक्ष नेपाल

बद्री नेपाल एक सफल पर्यटन व्यवसायी हुन् । धादिङ जिल्लाको साँखु (निलकण्ठ २) मा जन्मेका नेपालको शिक्षादिक्षा भने काठमाडौंमा नै भयो । उनले काठमाडौंको अस्कल क्याम्पसबाट उच्च शिक्षा सुरुवात गर्दै शंकरदेव क्याम्पस, त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्ताकोउत्तर गरेका छन् । पर्यटन क्षेत्रमा वि.स.१९९५ देखि आवद्ध भएर पर्यटन व्यवसायमा यात्रा सुरु गरेका उनले २००४ मा टुरिष्ट गाईडको रुपमा सुरुवात गरे । यसलाई नै मुख्य पेशा बनाई अहोरात्र प्रतितवद्ध रुपमा लागेका छन् । यसको अलावा उनले लायन्स क्लब लगायत विभिन्न सामाजिक संघ/संस्थामा आवद्ध रहेर समाज सेवामा लागि परेका छन् । वि.स. २०६४ सालमा टुरिष्ट गाईड एशोसिएसन अफ नेपाल (टुर्गान) मा साधारण सदस्यमा प्रवेश गरि महासचिवको जिम्मेवारी निर्वाह गर्दै आएका नेपालले हालै सम्पन्न २७ औं साधारण सभाले अध्यक्षको जिम्मेवारी दिएको छ ।

सभाले नेपाललाई नयाँ कार्यसमितिको अध्यक्षमा चयन भए पश्चात नवनीयुक्त अध्यक्ष नेपालसंग पर्यटन क्षेत्रको पछिल्लो अवस्था, व्यवसायीले झेलेका समस्या र पर्यटन विकासका लागि आगामी योजनाहरु लगायतका विषयमा केन्द्रीत रहेर जागरण न्युजले पर्यटन व्यवसायी बद्री नेपालसँग गरिएको छोटो कुराकानीः

टुरिष्ट गाईड एशोसिएसन अफ नेपाल (टुर्गान) अध्यक्ष चयन भई आउनु भएको छ, आगामी दिनमा पर्यटनको विकासलाई कसरी अगाडी बनाउने योजना बनाउनु भएको छ ?
अहिले नेपालमा झन्डै साढे चार हजार टुरिष्ट गाईडहरु उत्पादन भइसकेको छ । त्यतीकै संख्यामा टुरिष्ट गाईडहरु यो पेसामा आवद्ध छन् । कोभिड १९ का कारणले धेरै टुरिष्ट गाईडहरु वेरोजगार बन्न पुगेका छन् । पर्यटक अभावका कारणले यस क्षेत्रमा लागेका ब्यवसायी, पर्यटन क्षेत्रमा लागेका ठुलो जनशक्ति अहिले कठिनाइमा छ । अझै भन्ने हो भने रोजगार पनि गुम्न गएकोले उनीहरुको अवस्था निकै गम्भीर छ । यी समस्याहरुलाई के कसरी सम्बोधन गर्न सकिन्छ त्यस बिषयमा हामीले पहल गरि रहेका छौं। यसका लागि पर्यटन व्यवसायी र सरकारसंग पनि निरन्तर छलफलमा छौं । विभिन्न चरणमा पहल पनि भईरहेको छ । श्रमजीव व्यवसायीेको निम्ति हामी प्रतिबद्ध भएर लागेका छौं । साथै सरकारसमक्ष र अन्य निकायहरुमा पहल गर्दा उपलब्धिहरु भने हासिल भएको छैन । यी समस्याहरु मात्रै होइनन् अन्य हाम्रा विभिन्न समस्याहरु छन् । जस्तै इन्स्योरेन्सको समस्याहरु, गाईडहरु लाई तोकिएको पारिश्रमीक नदिने , जालझेली गर्ने लगायतका समस्याहरु छन् । यी समस्याहरुको समाधानको लागि हामीहरु प्रभावकारी ढंगले लागी परेकाछौं । अब टुर गाईडहरुलाई केहि अनुभुती हुने किसिमबाट पर्यटन क्षेत्रमै योगदान पुग्ने किसिमबाट हामी अगाडि बढिरहेका छौं । अध्यक्ष रुपमा मलाई चयन गर्र्नु भएकोमा सबै व्यवसायी तथा श्रमजिवी साथीहरुलाई विशेष धन्यवाद दिंदै साथीहरुले दिनुभएकोको जिम्मेवारी बहन गर्न, व्यवसायीक हक, अधिकार स्थापित गर्न प्रतिवद्ध रुपमा लाग्ने छु ।

अहिले समग्र रुपमा भन्नु पर्दा पर्यटन व्यवसायीको अवस्था कस्तो छ ?
पर्यटन व्यवसाय कोरोना भन्दा अगाडिको अवस्था ठिकै थियो तर अहिलेको अवस्था भने निकै जटिल बन्न पुगेको छ । किन भने पर्यटन क्षेत्र भन्ने बिकिै पर्यटकहरु आउनु पर्ने हुन्छ । अहिले पर्यटक आउन सक्ने अवस्था छैन । पर्यटहरु विभिन्न मुलुकहरुबाट आउनुपर्ने भएकाले उनीहको मुलुकमा पनि त्यस्तै समस्या छन् । त्यस कारणले अहिले पर्यटन व्यवसाय विश्वब्यापी रुपमै धरासायी भएको अवस्था छ । नेपालमा पनि धरासायी बन्नु स्वाभाविक हो । हामी समक्ष आएको चुनौतिहरुलाई चिर्दै त्यहि अवस्थामा फर्किनुको विकल्प छैन । अब कोरोनाको भ्याक्सिन आइसकेको अवस्था छ । बिस्तारै परिस्थिति सहज बन्दै गएकोछ । त्यपश्चात पर्यटन क्षेत्रले पनि गति लिदै जाने निश्चित छ । यसमा हामी आसावादीछौं ।

अब पर्यटन क्षेत्रलाई अगाडि बढाउन तपाईले देख्नु भएको सम्भावना के–के छन् ?

नेपालको पर्यटन क्षेत्रमा प्रचुर सम्भावनाहरु छन् । अहिले पर्यटन क्षेत्रमा परेको समस्या भनेको क्षणिक हो । कोरोनाको कारणले परेको असर दीर्घकालीनसम्म रहंदैन । यसले गर्दा अप्रत्यक्ष र प्रत्यक्ष रुपमा भने असर भने केहि पर्न जान्छ । धेरैमा १ देखि २ वर्षसम्म यसको असर पर्न सक्छ । त्यसपछि फेरि हाम्रो पर्यटन उद्योग जगमगाउन थाल्छ । पर्यटन उद्योग भनेको वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत हो । धेरै भन्दा धेरै नेपालीहरुलाई यस क्षेत्रमा रोजगार दिलाउन सकिन्छ । त्यसकारण हामीले यस अवधिको सदुपयोग गर्दै पुर्वाधार विकास र दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन जरुरत छ । कोभिड भाइरसको निराकरण पछि आउने पर्यटकहरुलाई दिने स्तरीय सेवा, सत्कार जस्ता कुरामा पहिले भन्दा आउने दिनमा अझ राम्रो गर्न सक्छौं ।

पर्यटनलाई आवश्यक पर्ने पूर्वाधारको विकास कतिको भएको पाइन्छ ?
पर्यटनका लागि पूर्वाधारको विकास नभएको त होइन । तर सुस्तगती भईरहेको छ । केहि खास ठाउँहरुमा भएको छ । पर्यटकीय क्षेत्रको सम्भावना बोकेको नेपालभर धरै ठाउँहरु छन् । पुर्वदेखि पश्चिमसम्म ती क्षेत्रमा हामीले विकास गर्न सकिरहेका छैनौ । केहि सिमित क्षेत्रहरुमा मात्र पुर्वाधारको केहि सुरुवात भएकाछन् । आज भन्दा करिब ३ दसक अगाडि उजाड भएका क्षेत्रमा नै हामीले टुरिष्टहरुलाई लाने गरेका छौं । त्यसकारण हामीले पनि यो नयाँ क्षेत्रहरुको पहिचान गरेर पर्यटनलाई नयाँ गन्तव्यको रुपमा परिभाषीत गर्दै लान आवश्यक छ । नेपालमा हिमाल, पहाड, माउन्टेन, झरना, ताल तलैया, सांस्कृतिक सम्पदाहरु रहेकाले पर्यटन विकासको प्रचुर सम्भावना छ ।

पर्यटकहरुले नेपालको कुन गन्तब्यलाई बढि महत्वका साथ हेर्ने गरेका छन् ?
पर्यटकका लागि नेपालको मुख्य आकर्षण भनेको पर्वतीय पर्यटन नै हो । हालसम्मको आँकडा अनुसार पर्यटकको पहिलो रोजाई पर्वतीय क्षेत्रमा नै हुने गरेको छ । त्यसको अलवा हाम्रो कल्चर साइड पनि एकदम धनी छ । सांस्कृतिक सम्पदामा पनि धरै धनी छौं । त्यो पनि नेपालको प्रमुख आर्कषण हो । हाम्रो बेस्ट प्रकड जलयात्रादेखि लिएर वाईल्ड लाईफ र पर्वतीय पर्यटन मुख्य हो।

यहि माघ १२ गते टुरिष्ट गाईड एशोसिएसन अफ नेपाल (टुर्गान) को २७औं वार्षिक साधारण सभा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्