ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

काठमाडौं , माघ १८ ।  कैलालीको घोडाघाडी नगरपालिका–१० पहलमानपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।

शनिबार राति ११ बजे म१त ५४२ नम्बरको ट्याक्टरको पछाडि बा९१प ४०४ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्