नेप्से २४ सय २५ अंकमा, सातामा ४४ अर्ब ४६ करोडको सेयर किनबेच

काठमाडौ , माघ १६। यो साता नेप्से २४ सय २५ दसमलव २९ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय ४२ दसमलव छ अंकमा पुगेको छ ।

यो साता दुुई सय नौ वटा कम्पनीहरुको तीन लाख ५७ हजार पाँच सय ९९ पटकको कारोवारमा नौ करोड ५७ लाख १४ हजार तीन सय ३१ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम ४४ अर्ब ४६ करोड ३९ लाख ९१ हजार पाँच सय ९६ रुपैयाँ पुुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा बढी हो ।

नेप्सेमा गत साता भने दुई सय ११ वटा कम्पनीहरुको दुई लाख ७३ हजार ६३ पटकको कारोवारमा आठ करोड नौ लाख २४ हजार छ सय ९९ कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम ३४ अर्ब १६ करोड ५८ लाख ६६ हजार दुई सय ५६ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच दिन खुल्ला रहेको थियो । सो मध्ये पहिलो, दोस्रो र चौथो दिन नेप्से बढेको थियो भने तेस्रो र पाँचौ दिन घटेको थियो ।

पहिलो दिन नेप्से ५० दसमलव दुई अंकले बढेर २४ सय २४ अंकमा चढेकोमा सेन्सिटिभ पनि छ दसमलव ४७ अंकले बढेर चार सय ५२ दसमलव छ अंकमा चढेको थियो । दोस्रो दिन पनि नेप्से १६ दसमलव चार अंकले बढेर दुई हजार चार सय ४० दसमलव ८७ अंकमा चढेकोमा सेन्सिटिभ भने शुन्य दसमलव २४ अंकले घटेर चार सय ५१ दसमलव ८२ अंकमा झरेको थियो ।

तेस्रो दिन भने नेप्से पाँच दसमलव ५७ अंकले घटेर दुई हजार तीन सय २६ दसमलव ९० अंकमा झरेकोमा सेन्सिटिभ पनि दुई दसमलव ८५ अंकले घटेर चार सय ४२ दसमलव ८२ अंकमा झरेको थियो । चौथो दिन भने नेप्से १८ दसमलव ७६ अंकले बढेर दुई हजार चार सय ४१ दसमलव ८५ अंकमा चढेकोमा सेन्सिटिभ भने शुन्य दसमलव ८६ अंकले घटेर चार सय ४६ अंकमा झरेको थियो ।

अन्तिम कारोवार दिन भने नेप्से १६ दसमलव ५५ अंकले घटेर २४ सय २५ दसमलव २९ अंकमा झरेकोमा सेन्सिटिभ पनि चार दसमलव ३२ अंकले ओरालो लागेर चार सय ४२ दसमलव छ अंकमा झरेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल बैंक, नेपाल पुर्नबीमा कम्पनी आदि परेकाछन भने कारोवार भएको सेयर संख्याको आधारमा नेशनल हाईड्रो पावर कम्पनी, नेपाल बैंक, प्रभु बैंक, कुमारी बैंक, प्राईम कर्मसियल बैंक आदि परेकाछन ।

बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन । सुचीकृत सेयर तर्फ भने यो साता सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, फष्र्ट माईक्रो फाईनान्स लघुबित्त बित्तीय संस्था, साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेडको लगायतका कम्पनीहरुको बोनस सेयर सुचीकृत भएकाछन ।

प्रतिक्रिया दिनुहोस्