नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौ , माघ १३ । नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से साताको तेस्रो कारोवार दिन आज मंगलबार घटेको छ ।

नेप्से आज १७ दसमलव ७९ अंकले घटेर २४ सय २३ दसमलव नौ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ५८ अंकले घटेर चार सय ४७ दसमलव २४ बिन्दुमा झरेको छ । आज दुई सय सात वटा कम्पनीहरुको ६३ हजार आठ सय १८ पटकको कारोवारमा एक करोड ९६ लाख छ हजार पाँच सय ५५ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर किनबेच हुंदा कारोवार रकम आठ अर्ब २७ करोड ९७ लाख एक हजार ७७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा होटल र फाईनान्स बाहेक सबै समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ८१ अंकले घटेर १७ सय ६२ दसमलव ८३ बिन्दुमा झर्दा जलबिद्युत समुहको सुचक पनि २७ दसमलव पाँच अंकले घटेर १८ सय ९८ दसमलव ४३ बिन्दुमा झरेको छ । यि बाहेक बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहरुको सुचक पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको गुराँस लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९७ प्रतिसतले बढेर १५ सय ४४ रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको शिव श्री हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने चार दसमलव ९५ प्रतिसतले घटेर एक सय ७३ रुपैयाँमा कारोवार भएको छ ।

त्यस्तै बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २८ सय ७२ रुपैयाँ अन्तिम मुल्यमा एक अर्ब ४५ करोड सात लाख ५३ हजार सात सय २५ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्