नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई एक्वायर गर्ने

काठमाडौं, ९ माघ । नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ ।

नेशनल माइक्रोफाइनान्स र महिला सहयात्राबीच बिहीबार मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेशनल माइक्रोफाइनान्सको तर्फबाट सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्य र महिला सहयात्राको तर्फबाट अध्यक्ष अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका हुन्। ।

महिला सहयात्राको केन्द्रीय कार्यालय मकवानपुरको थाहा नगरपालिकामा र नेशनलको केन्द्रीय कार्यालय धादिङ जिल्लाको धादिगबेसीमा रहेको छ ।

नेशनल माइक्रोफाइनान्सको चुक्तापूँजी २६ करोड ४० लाख रुपैयाँ रहेकोछ । ४३ वटा जिल्लाबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । त्यसै गरि ११ करोड चुक्ता पूँजी भएको महिला सहयात्रा लघुवित्तले विभिन्न १८ जिल्ला मार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्