प्रतिनिधि सभा विघटनः सर्वोच्चमा पाँचौ दिनको बहस जारी

काठमाडौं, माघ ८ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथिको बहस जारी नै रहेको छ । आज पाँचौ दिनको बहस सर्वोच्च अदालतमा जारी रहेको छ।

गत आइतबारदेखि मूल विषयमा प्रवेश गरेको इजलासमा रिट निवेदकका तर्फबाट बहस भइरहेको छ। बिहीबार अधिवक्ता ओमप्रकाश शर्मा र समृद्ध खरेलले बहस सकेका छन्।

प्रतिनिधि सभा विघटनविरुद्ध १३ रिट दर्ता भएका थिए। सबै रिटको संवैधानिक इजलासमा बहस भइरहेको छ। आइतबारबाट सुरु भएको बहसमा बोल्ने वकिलहरुले समय बढी लिएपछि बढीमा आधा घन्टाको समय बुधबारबाट निर्धारण गरिएको छ।

बुधबारसम्म २० जनाले रिटको पक्षमा बोलेका छन्। यता संसद विघटन भएपछि आन्दोलन चर्कीएको छ । नेपाली कांग्रेसले आज विरोध पर्दशन गरिरहेको छ । अर्को दल नेकपाकै दाहाल नोपल समुह पनि सडकमै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्