नेपाल वायुसेवा निगमले मकाउ उडामन गर्दै
काठमाडौं, ६ माघ । नेपाल वायुसेवा निगमले पहिलोपटक मकाउमा चाटर्ड उडान गर्दै छ । नेपाल एयरलाइन्सको न्यारोडबडी जहाज आज राती ११ बजे मकाउका लागि उड्ने निीिश्चत भएपश्चिात पहिलो पटक मकाउमा चाटर्ड उडान हुने भएको हो ।
यो उडानसंगै अब वैदेशिक रोजगारीका सिलसिलामा मकाउमा रहेका नेपाली यो उडानमार्फत नेपाल र्फकने सक्ने छन् । तर, काठमाडौंबाट भने यात्रु लैजान मकाउले रोक लगाएका कारण जहाज रित्तै मकाउ उड्नुपर्ने भएको छ ।
अहिले मकाउमा जाने नेपालीले हङकङ वा चीन ट्रान्जिट गरी समुन्द्रीमार्ग प्रयोग गरी यात्रा गर्ने गरेका थिए । तर, हङकङले कडाइ गर्दा मकाउ जाने यात्रु समेत प्रभावित हुने गर्छन् ।
नेपाल एयरलाइन्सले मकाउबाट १४७ जना यात्रुलाई काठमाडौं ल्याउने छ ।
जहाज बुधबार बिहान करीब १० बजेट काठमाडौं अवतरण गरिसक्ने कम्पनीले जानकारी दिए । ‘यो गन्तव्य हाम्रा लागि निकै महत्वपूर्ण छ’, उनले भने, ‘पर्यटकीय क्षेत्र भएकाले भविष्यमा ठूलो सम्भावना बोकेको क्षेत्र हो मकाउ ।’
यसबाट प्रत्यक्ष रुपमा नेपाली यात्रुहरुलाई हुने छन् ।















प्रतिक्रिया दिनुहोस्