फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
काठमाडौं , माघ ५ । भोलीका लागि बोलाएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । अब बैठक माघ १३ गते दिउँसो १ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिए । यस अगाडि पुस २७ गते का लागि बोलाइएको बैठक माघ ६ गतेका लागि सारिएको थियो।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि निर्देशन दिइएको छ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि यस विषयमा आधिकारिक धारणा बनाउन कांग्रेस केन्द्रीय समिति सुरु भएको हो। कांग्रेसले ओलीको यो कदमलाई असंवैधानि भने पनि यसको प्रतिकार सशक्त रुपमा गर्न सकेको छैन।
कांग्रेसले शनिबार प्रतिनिधिसभा विघटनको विरोध गर्दै सबै स्थानीय तहमा प्रदर्शन गरेको थियो। माघ ८ गते पनि ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गर्दै छ।















प्रतिक्रिया दिनुहोस्