दोहोरो अंकले बढ्यो शेयर बजार
काठमाडौं, माघ ५ । साताको दोस्रो दिन सोमवार शेयर बजारमा शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक १७.३१ अंकले बढ्दै २३३२.३१ विन्दुमा पुगेको छ ।
यस दिन सेन्सेटिभ परिसूचक पनि २.१८ अंकले बढ्दै ४४५.६० विन्दुमा पुगेको छ ।
यस दिन कूल १ सय ९५ कम्पनीको २८ लाख ८४ हजार ४ सय ४६ कित्ता शेयर १ अर्ब ४७ करोड ८१ लाख १५ हजार २ सय ३८ रुपैयाँमा खरिदबिक्री भएको छ ।
यस दिन जलविद्युत उपसमूहबाहेक अरू सबै उपसमूहको सूचक सकारात्मक छन् । जलविद्युत उपसमूहको सूचक ०.६५ प्रतिशतले घटेको छ ।
यस दिन सबैभन्दा धेरै लगानीकर्ताको आकर्षण व्यापार तथा होटल उपसमूहतर्फ देखिएका छन् ।
व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ६.५८ प्रतिशतले वृद्धि भएको छ भने यसपछि होटल उपसमूहको सूचक ५.८२ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस्