आइतबार सेयर बजार हरियाली, दोहोरो अंकले बढ्यो नेप्से
काठमाडौं, माघ ४ । आज नेप्से दोहोरो अंकले बढेको छ । माघ महिनाको पहिलो कारोबार दिन आज सेयर बजार हरियाली देखिएको छ । जलविद्यतु् बाहेकका सबै समूह बढेर हरियाली छाएका छन् । सेयर कारोबरा मापक नेप्से परिसूचक २८.४६ अंकले उकालो लागेको छ ।
दिनभर भएका ५० हजार ६ सय ७ कारोबारबाट २०८ कम्पनीका १ करोड ५० लाख ३५ हजार २२१ कित्ता सेयर किनबेच भएका छन् । जसमा ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७ सय ८२ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा कारोबार हुने मध्ये जलविद्युत समूह ७.२ अंकले ओरालो लागेको छ । अन्य समूह भने सबै बढेका छन् । बैंकिङ १ अंक मात्रैले बढ्दाखेरी व्यापार समूह भने सबै भन्दा धेरै बढेको छ । व्यापार समूहको परिसूचक ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
आइतबार कारोबार संख्या तथा कारोबार रकमका आधारमा समेत वाणिज्य बैंकहरु नै देखिएका छन् । वाणिज्य बैंकहरुकोमात्रै १३ हजार २५ कारोबारबाट ३८ लाख ४५ हजार ७ सय २८ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम एक अर्ब ५१ करोड ५० लाख ८३ हजार ७ सय पुगेको छ ।
दोस्रोमा भने फाइनान्स कम्पनी देखिएको छ ।
फाइनान्स कम्पनीको २ हजार ५ सय ९९ कारोबारबाट ८ लाख १० हजार ५ सय १६ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने १९ करोड २२ लाख रुपैयाँ भन्दा धेरै भएको छ । यद्यपि, बैंक उपसमूह ०.०१ प्रतिशतले मात्रै उकालो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्