आज २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस
काठमाडौं, २ माघ । आज २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदै छ । १९९० सालको महाभूकम्पमा पुगेको क्षतिको सम्झनामा २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।
विस. १९९०, २०४५ र २०७२ सालमा नेपालमा ठूलो भूकम्प गएको थियो । यसले धेरै जनधनको क्षती पुर्याएको थियो ।
हरेक वर्ष नेपाल भूकम्पीय जोखिममा रहेको बताइरहे पनि यसको सुरक्षाको क्षेत्रमा भने अझै धेरै काम गर्न बाँकी रहेको जानकारहरू बताउँछन् ।
नेपालमा भूकम्प प्रतिरोधी भवन निर्माणको मार्ग दर्शनको लागि बनेको भवन निर्माण संहिता इन्जिनियरिङ विषयका विद्यार्थीलाई अझैसम्म पनि नपढाइनुले पनि हाम्रो अपरिपक्वतालाई स्पस्ट पारेको जानकारहरू बताउँछन् ।
पहिलो, पुरातात्विक सम्पदाहरूको संरक्षण र पुनर्निर्माण गर्दा समय र धैर्यता आवश्यक छ, हतारो गर्दा सम्पदाको मौलिकता हराउन सक्छ ।
दोश्रो, हाम्रा सम्पदाहरूको संरक्षण र पुनर्निर्माण गर्नुपूर्व आवश्यक अध्ययन र अनुसन्धान गरी हाम्रो परम्परागत प्रविधि, शैली र निर्माण सामाग्रीका बारेमा स्पष्ट हुनु आवश्यक छ ।
तेश्रो, स्थानीय समुदाय र सरोकारवालाहरूको सुझाव सुन्नु आवश्यक छ । उनीहरूसँगको समन्वय र सहकार्यले सम्पदाप्रति अपनत्व बढ्छ ।
चौथो, हाम्रा पुर्खाहरूले छाडेर गएका हाम्रा सम्पदाहरूभित्र हाम्रो आफ्नै बेजोड कलात्मकता र प्रविधि लुकेको छ, त्यसलाई उजागर गर्दै हामीले हाम्रा सन्ततिलाई सिकाउनु पर्नेछ र उक्त प्रविधिमा थप विकास गर्नु आवश्यक छ ।
पाँचौं, हाम्रा सम्पदा हाम्रा अमूल्य निधि हुन् । यसको संरक्षणबाट हामी हाम्रो मुलुककै पहिचानलाई थप सुदृढ बनाउन सक्छौँ र छैठौं पाठ हो, मूर्त सम्पदाको संरक्षण गर्दा हामीले अमूर्त सम्पदाको संरक्षण गर्नमा उत्तिकै ध्यान दिनु आवश्यक छ ।
पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतले यस्तो बताइरहँदा हामीले पुरातात्विक क्षेत्रको पुनर्निर्माणमा नै विदेशी निकायलाई गुहारेर अर्को भूल गरिरहेको जानकारहरु बताउँछन् ।
‘सांस्कृतिक धरोहर एवं अस्पतालहरूको पुनर्निर्माणमा समेत विदेशीको मुख ताक्नु लज्जास्पद विषय हो’ भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल ९एनसेट०का पूर्वअध्यक्ष आमोदमणि दीक्षित भन्छन् ‘सकेसम्म त विदेशीको प्राविधिक सहायतालाई न्यूनीकरण गर्दै जानुपर्छ । तर हामी भने सांस्कृतिक धरोहर जस्ता संवेदनशील क्षेत्रमा नै विदेशीको सहयोग सहर्ष स्वीकार्छौं ।’
२०७२ सालको भूकम्पको समयमा ‘भूकम्पले मान्छे मार्दैन, हामीले बनाएको संरचनाले मार्ने हो’ भन्ने भनाइ चर्चामा आयो । तर त्यो चेत लामो समय चल्न सकेन । अहिले एक आनामा बन्ने घरहरु प्रशस्तै देखिन्छन् । मुलुक संघीयतामा गए पनि प्राविधिक सिकाइको काम भने स्थानीय तहसम्म पुग्न नसकेका कारण स्थानीय तहले पूर्ण भूकम्प प्रतिरोधी भवन बनाएका छन् भन्नेमा अझै शंका रहेको जानकारहरु बताउँछन् ।















प्रतिक्रिया दिनुहोस्