हालसम्मकै ठूलो आइपीओ आजदेखि
काठमाडौं, माघ, २ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको माघ २ गते शुक्रबारदेखि साधारण सेयर (आइपीओ) निष्कासन हुँदै छ। पहिलो पूर्वाधार बैंकले नेपाली सेयर बजारको हाल सम्मकै सबैभन्दा ठूलो ९८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो ।
२० अर्ब रुपैयाँ जारी पुँजी रहेको कम्पनीले सर्वसाधारणलाई जारी पुँजीको ४० प्रतिशत सेयर वितरण गर्न लागेको हो। यसमध्ये ०।२ प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशत अर्थात् ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि राखिएको छ।
सर्वसाधारणले भने कुल सात करोड ५८ लाख ४० हजार कित्ताका लागि आवेदन दिन पाउने छन्। भरखरै मात्र जारी भएको चन्द्रागिरि हिल्सको आइपीओमा करिब १३ लाख आवेदन परेका थिए। इन्फ्राको आईपीओ भने आवेदन गर्ने जति सबैले पाउने भएकाले यसमा करिब १५ लाख भन्दा बढिको आवेदन पर्ने अनुमान गरिएको छ । यस आईपीओमा कुनै पनि आवेदकको हात खाली हुने छैन् । सामान्य हिसावमा पनि कम्तिमा ६० कित्तादेखि ८० कित्तासम्म सेयर पाउने सम्भावना रहेको बैंकको पनि अनुमान छ।
कम्पनीको कुल सेयरमा १० प्रतिशत हिस्सा नेपाल सरकारको छ भने बाँकी अन्य बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको इक्विटी लगानी गरेका छन्। । बैंकको सञ्चालक समिति अध्यक्षमा अनुज अग्रवाल छन् भने सञ्चालकहरूमा चन्द्रप्रसाद ढकाल, श्रीकृष्ण नेपाल र लालमणि जोशीलगायत छन्। । रामकृष्ण खतिवडा प्रमुख कार्यकारी हालै नियुक्त भएका छन्। ।
चालु वर्षको पहिलो त्रैमास अनुसार बैंक १८ करोड रुपैयाँ नाफामा छ । यो नाफा परियोजनाबाट भन्दा पनि ब्याज आम्दानीबाट भएको हो। बैंकले आफ्नो पुँजी बैंकहरुमा निक्षेपका रुपमा राखेका कारण त्यसैको ब्याजबाट आम्दानी देखिएको हो । २८ करोड ९५ लाख रुपैयाँ बैंकले यस्तो आम्दानी गरेको छ।
बैंकले २० अर्बको निफ्रा डेब्ड फण्ड स्थापना गर्ने र विदेशी वित्तीय बजारबाट ग्रीन बण्ड जारी गर्ने तयारी गरिरहेको छ। यो बन्ड ५ अर्बको हुने छ । बैंकले आफ्नो अगुवाइ र सह(अगुवाइमा जलविद्युत, सिमेन्ट क्लिंकराइजेसन एवं सौर्य ऊर्जासमेत गरी ५ वटा परियोजनाहरुमा ६ अर्ब कर्जा स्वीकृत गरिसकेको छ।















प्रतिक्रिया दिनुहोस्