शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं , पुस २४ । राष्ट्र बैंकले भोलि शनिबार पनि बैंक खुला राख्न निर्देशन दिएको छ ।

दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

योसँगै अब राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् ।

केही बैंकहरुले शुक्रबार नै सूचना प्रकाशित गरेर भोलि दिउँसो बैंक खुला रहने जानकारी पनि गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्