राष्ट्रिय वाणिज्य बैंकको सञ्‍चालक पदबाट कोइरालाद्वारा राजीनामा

काठमाडौं , पुस २४ । प्रा. डा. उपेन्द्र कोइरालाले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक पदबाट राजीनामा दिएका छन् ।

बैंकका सञ्चालक समिति अध्यक्षमा धनीराम शर्मा चयन भएपछि कोइरालाले सञ्चालक समितिबाट राजीनामा दिएका हुन् ।

नवनियुक्त अध्यक्ष शर्माले हिजै गभर्नर महाप्रसाद अधिकारीबाट शपथ ग्रहण गरिसकेका छन् ।

कोइराला उपप्रधानमन्त्री ईश्वर पोखरेलको सम्धी हुन् । उनलाई अध्यक्ष बनाउने चर्चा भएपछि सर्वत्र विरोध समे भएको थियो ।

प्रतिक्रिया दिनुहोस्